१२ कार्तिक २०७८, काठमाण्डाैं– सर्वोच्च अदालतको विवाद चुलिँदै गए पछि गुटमा विभाजित बनेका वकीलहरु बीच आज अदालत परिसरमा कुटाकुट भएको छ । अन्तवार्ता दिएको विषयमा आफूमाथि हातपात भएको वकिल भूमिनन्द चुडालले बताउनु भएको छ । यस्तै दलाल भएको भन्दै आफूले चुडाललाई ठिक पारेको झगडामा सम्मिलित अर्का वलिक विराट न्यौपानेले बताउनु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच शुक्रबार नेपाल बारभित्रै कुटाकुट भएको छ।

यसअघि चुँडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए । प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि जाइलागेका हुन्। परिसर भित्रै दुबैले हानाहान गरेका छन्। न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरूद्धमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *