लक्ष्मी जयन्तीकाे अवसरमा दमक प्रज्ञा पुरस्कार घोषणा (फाेटाे फिचर सहित)

१८ कार्तिक २०७८/सारासन्देश समाचार
महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा आज दमक प्रज्ञा प्रतिष्ठानले ६ वटा विधाको पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले १५, २१ र ५१ हजारका ६ वटा विधामा पुरस्कार घोषणा गर्नु भएको हो ।
पुरस्कार पाउनेमा दमक घर भई राष्ट्रिय स्तरमा उच्च छवि बनाउन सफल साहित्यकार डा. गोविन्द भट्टराईलाई दमक प्रज्ञा विशिष्ट पुरस्कार, सँस्कृति पुरस्कार डा. सोमबहादुर धिमाल, कला साधाना पुरस्कार चन्द्रा गड्तौला, मातृभाषा साहित्य पुरस्कार रचना लावती, विज्ञान प्रविधि पुरस्कार जसहाङ्ग लिम्बु र बाल साहित्य पुरस्कार सेलिमा श्रेष्ठले पाउने भएका छन् ।

नेपालमा पहिलो पटक स्थानीय सरकारले संचालन गरेको दमक प्रज्ञा प्रतिष्ठानले पुरस्कृत हुने व्यक्तित्वलाई आगामी मंसीर २५ गते पुरस्कार वितरण गर्ने घोषणा गरेको छ । प्रदेशसभा सांसद अर्जुन राईको प्रमुख आथित्यमा भएको कार्याक्रममा महाकवि देवकोटाको जिवनी र बाल साहित्य सम्बन्धी साहित्यकार मिश्र वैजयन्तीले चर्चा गर्नु भएको छ ।

दमक नगर पालिकाका प्रमुख रोमनाथ ओली, प्रशाकीय अधिकृत गणेश तिम्सिना लगायत साहित्य क्षेत्रमा उल्लेख्य योगदान गरेका साहित्यकारले देवकोटाको प्रतिमामा माल्यार्पण गरी साहित्यिक कार्याक्रम समेत गरिएको प्रतिष्ठानका सचीव कार्याक्रम संचालक विष्णु न्यौपानेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लडेको धान थन्काउन समस्याः झापामा ढेड अर्ब मुल्य बराबरको धान नष्ट (फाेटाे फिचर सहित)
Next post लक्ष्मी पूजाका दिन खेलिने साँस्कृतिक हुक्काहुक्की खेल संरक्षणमा चासो (भिडियो सहित)