नेपालमा आज १४३ संक्रमित, ५६३ निकाेः ९ जनाकाे मृत्यु

२१ कार्तिक २०७८, काठमाडौं- नेपालमा गएकाे २४ घण्टामा १ सय ४३ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर २ हजार ३ सय ३३ जनामा गरिएको नमूना परीक्षणमा १ सय ४३ संक्रमित थपिएका हुन् । २४ घण्टामा ५ सय ६३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म ७ लाख ९५ हजार ३ सय ५७ जना निकाे भइसकेका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय ४८ पुगेकाे छ । हाल देशभर ७ हजार ७ सय १३ जना सक्रीय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १३९ संक्रमित, ३९६ निकाेः १ जनाकाे मृत्यु
Next post हातले मादल बनाउनेहरु विस्थापित हुँदै (भिडियाे सहित)