दुःखद खबर सल्यान शाेकमाः बस पल्टिदा १२ जनाकाे ज्यान गयाे

२१ कार्तिक २०७८, सल्यान- सल्यानमा आइतबार भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ९ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–६ कि ६० वर्षकी दैली चलाउने, बबई गाउँपालिका–५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका–२ कि प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, शारदा नगरपालिका–३ कि ३६ वर्षकी लीला बुढाथोकी रहेका छन् । त्यस्तै सोही दुर्घटनामा परी रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ कि मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका–१० कि ३६ वर्षकी रुपा केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

सल्यानका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरिक्षक गोविन्द थापाका अनुसार घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो ।

सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा कम्तीमा १८ जना घाइते भएका प्रहरीले बताएको छ ।

घाइतेमध्ये गम्भीर अवस्थाका ७ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अरु घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसमा ३० जना सवार रहेकाे बताइएकाे छ भने बस चालक भने फरार रहेकाे बताइएकाे छ।

यस अघि पूर्वी नेपालकाे पाँचथरमा बस पल्टिँदा ४ जनाकाे मृत्यु भएकाे थियाे । चाडवाडकाे वेला यस बर्ष केहि ठूला सडक दुर्घटना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हातले मादल बनाउनेहरु विस्थापित हुँदै (भिडियाे सहित)
Next post नेपालमा आज ३९० संक्रमित, ४२५ निकाेः ५ जनाकाे मृत्यु