तामाङ पत्रकार संघ माेरङ गठन

अवको पत्रकारिता पिछाडिएका समूदाय र विषयमा

२६ कार्तिक २०७८/ सारासन्देश समाचार
मोरङ जिल्लामा पहिलो पटक तामाङ पत्रकार संघ आज गठन भएको छ । मोरङ जिल्लाको तामाङ पत्रकारहरुको प्रथम ऐतिहासिक भेलाले पीएलटीभी डटकमका प्रवन्ध निर्देशक अनुप योन्जन तामाङको अध्यक्षतामा ९ सदस्यीय संघ गठन भएको छ । संघको सचीवमा राजकुमारी तामाङ, कोषाध्यक्षमा उज्वल बल तामाङ चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा सन्तोष तामाङ, भावना तामाङ, सुष्मिता तामाङ, मनिषा तामाङ, सञ्जय तामाङ र अलिशा तामाङ रहेका छन् ।
यस्तै सल्लाहकार समितिमा दिलबहादुर पाख्रिन, लाखमान योन्जन, प्रेमकुमार तामाङ, राजकुमार लामा र लक्ष्मण तामाङ चयन हुनु भएको छ ।

एक नम्बर प्रदेश समितिका अध्यक्ष सन्तविर लामाको सभापतित्वमा भएको कार्याक्रममा प्रमुख अतिथि रहनु भएका नेपाल तामाङ घेदुङ मोरङ जिल्लाका अध्यक्ष दिलबहादुर पाख्रिन तामाङले देशमा संघीयता आएसँगै जातिगत संघसंस्थाले पिछाडिएका समूदायको विकास गर्न सवैखाले भगिनी संघसंस्थालाई क्रियाशील पारेर अघि बढ्नु पर्ने बताउनु भएको छ । यस्तै कार्याक्रममा नेपाल पत्रकार महासंघ झापा जिल्लाका सचीव तथा प्रदेश समितिका सल्लाहकार डिकेश लामाले पिछाडिएका समूदायका आवाज बुलन्द बनाउन पिछाडिएकाहरु नै संचार क्षेत्रमा सक्रीय हुनु पर्ने बताउनु भयो ।

अवको पत्रकारिताको विषय भनेको भौतिक विकासमा मात्र केन्द्रित नभई पिछाडिएका समूदाय, जाति र उनीहरुको साँस्कृतिक गतिविधिलाई जोड दिनु पर्ने बताइएको छ । कार्याक्रममा प्रदेश समिति अध्यक्ष लामाले नव गठित समितिलाई सफथ ग्रहण गराउँदै आधुनिक प्रविधिसँग जुधेर शिप सिकेर ससक्त पत्रकारिता गर्ने वेला आएकोले सवैले आवश्यक अध्ययन र शीप सिक्नु पर्नेमा जोड दिनु भएको छ । प्रदेश नम्बर एकमा हालसम्म ८ वटा जिल्लामा तामाङ पत्रकार संघ सक्रीय रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३९७ संक्रमित, ३८९ निकाेः ३ जनाकाे मृत्यु
Next post नेपालमा आज २४३ संक्रमित, ४७८ निकाेः २ जनाकाे मृत्यु