
२८ कार्तिक २०७८,काठमाडौं– पछिल्लो २४ घण्टामा ३ सय ६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार ६ सय ६ जनामा परिक्षाण गर्दा साे संख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ४८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७७ पुगेको छ । यसैगरी देशमा हालसम्म ७ हजार २ सय १५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
