नेपालमा आज ४१६ संक्रमित, २७० निकाेः १ जनाकाे मृत्यु

२९ कार्तिक २०७८,काठमाडौं– पछिल्लो २४ घण्टामा ४ सय १६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १२ हजार ४ सय २ जनामा परिक्षाण गर्दा साे संख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ७० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ७८ पुगेको छ । यसैगरी देशमा हालसम्म ७ हजार ३ सय ११ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हराईएको मानिसको लाश चर्पीको खाल्डोमा भेटियोः हत्याकाे आराेपमा ५ पक्राउ
Next post प्रेस सेन्टर झापाको अध्यक्षमा रेग्मी सर्वसम्मत