नेपालमा आज ३७७ संक्रमित, १७० निकाेः ४ जनाकाे मृत्यु

३० कार्तिक २०७८,काठमाडौं– पछिल्लो २४ घण्टामा ३ सय ७७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार १ सय ४९ जनामा परिक्षाण गर्दा साे संख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ७० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा ४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ८२ पुगेको छ । यसैगरी देशमा हालसम्म ७ हजार ४ सय ७६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रेस सेन्टर झापाको अध्यक्षमा रेग्मी सर्वसम्मत
Next post ‘ट्राभल डकुमेन्ट’ बनाउन भुटानी शरणार्थीसँग सात लाखको बार्गेनिङ