नेपालमा आज २९६ संक्रमित, ३९६ निकाेः ५ जनाकाे मृत्यु

३ मंसीर २०७८,काठमाडौं– पछिल्लो २४ घण्टामा थप २ सय ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ९७२ जनामा कोरोना परीक्षण गर्दा २९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार ५३९ रहेको छन् । नेपालमा सङ्क्रमण दर १८ प्रतिशत पुगेको छ ।

पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २ सय भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ रहेका छन् । ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वीनवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् । पछिल्लो २४ घन्टामा ३ सय ६९ जनाले कोरोना भाइरसमाथि विजय प्राप्त गरी घर फर्किएका छन् । योसँगै अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार ५ सय ४५ जना रहेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणबाट आज ५ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ४ सय ९४ जनाको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post २ बर्ष पछि झापाका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल शुरु
Next post अनाथ बालबालिकालाई अमेरिका पुगेका भूटानीबाट सहयोगः १४ जनाकाे एक्लाे बुबाले रेखदेख गर्दै