
८ मंसीर २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ सय ३२ संक्रमित थपिएका छन् । देशभर ९ हजार ९ सय २० जनाको नमूना परीक्षण हुँदा ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ३२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय १३ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ७ हजार ३ सय ६९ जनामा झरेकाे छ ।
