जोखिममा रहेका बालबालिकाले पढ्न पाउँदा खुशी (भिडियो/फोटाे फिचर सहित)

तेस्राे मुलुक पुगेका शरणार्थीकाे सहयाेगकाे उदाहरणीय कार्य
९ मंसीर २०७८/डिकेश लामा

शिक्षा लिनबाट बन्चित हुने अवस्थामा पुगेका साना बालबालिकालाई तेस्रो मुलुक पुगेका भूटानी शरणार्थीहरुको सहयोगमा अध्यापन थालिएको छ । अमेरिकामा रहेका नेपाली भाषी भूटानीले संचालन गरेको संस्थाहरुले शरणार्थी शिविरमा रहेका बालबालिकालाई निशुल्क पढाउने कार्य थालेका छन् ।

विधालय बन्द भए पछि जोखिममा रहेका शरणार्थी बालबालिकाले पछिल्लो समय शरणार्थी शिविर भित्रै अध्ययन गर्न थालेका छन् । शिविरमा विधालय नहुँदा पढाईबाट बन्चित हुन पुगेका बालबालिका घर नजिकै पढ्न पाउँदा खुशी भएका छन् ।

शरणार्थी शिविर वेलडाँगी र पथरी गरी कर्मचारी सहित १८ जनालाई संस्थाले तलवको व्यवस्थापन गरेको छ । शरणार्थी शिविरभित्र बसोवास गर्ने उच्च जोखिममा रहेका बालबालिकालाई विधालय संचालनले सहज भएको अध्यापनमा लाग्नु भएका गुरुमाको भनाइ छ ।

स्थानीय सरकारको समन्वयमा संचालनमा ल्याइएको पूर्व बालबालिका विकास केन्द्रमा ३ सय हाराहारीमा बालबालिकाले शिक्षा लिँदै आएका छन् । तेस्रो मुलुक पुगेका भूटानीको सहयोगमा निशुल्क पढ्न पाएका बालबालिकालाई पोशाक व्याग देखि पुस्तक समेत व्यवस्थापन गर्दा जोखिममा रहेका बालबालिकालाई धेरै सहज भएको शरणाार्थी शिविर पथरीका सचीव चम्पासिंह राईले बताउनु भयो ।

शरणाार्थी शिविर भित्र दातृ निकायले छाडे पछि विधालय बन्द हुँदा धेरै बालबालिकाहरु पढ्न पाउने अधिकारबाटै बन्चित हुँदै आएका थिए । तर तेस्रो मुलुक पुगेका भूटानीहरुले सहयोग गरेर विधालय संचालनमा ल्याए पछि सयौं बालबालिकाले पढ्न पाएकाले अभिभावकहरु खुशी बनेका छन् ।
भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दातृ निकायले रेखदेख गर्न छाडे पछि भूटानी शरणार्थी अपाङ्गहरु स्वावलम्बी बन्दै
Next post नेपालमा पछिल्लाे २४ घण्टामा ३०८ संक्रमित, २९८ निकाेः ३ जनाकाे मृत्यु