कलाकारलाई माया गर्नु पर्छः मुख्यमन्त्री राई, वेलडाँगीमा भव्य कार्याक्रम सम्पन्न (फाेटाे फिचर सहित)
वेलडाँगीमा भव्य साँगीतिक कार्याक्रम सम्पन्न
११ मंंसीर २०७८/डिकेश लामा
झापाको वेलडाँगीमा भएको बृहत साँगितिक कार्याक्रममा प्रदेश नम्बर एकका मुख्य मन्त्री राजेन्द्र कुमार राईले कलाकारलाई उच्च सम्मान गर्नु पर्ने बताउनु भएको छ । भूटानी शरणार्थी शिविरवाट तेस्रो मुलुक पुगेका भूटानीहरुको संस्था इन्ट्रा नेशनल वेलफेर एण्ड सर्पोट फाउण्डेशन अमेरिकाको आयोजनामा आज वेलडाँगीमा भएको कार्याक्रममा बोल्दै कलाकार र कलाकारिताको माया गर्नु पर्ने बताउनु भएको छ ।
फाउण्डेशनले आज वेलडाँगी शरणार्थी शिविरमा जेष्ठ नागरिकका लागि डे केयर भवन उद्घाटन गरेको छ । कार्यक्रममा नेपालका राष्ट्रिय स्तरका दर्जन बढी कलाकारको उपस्थिति रहेको थियो । कार्याक्रममा आयोजक फाउण्डेशनका अध्यक्ष डिल्लि अधिकारी सहित अमेरिकाबाट आएका टीमलाई सम्मान पत्रले सम्मान समेत गरिएको छ ।
कार्याक्रमा अमेरिकामा संचालन हुने दुई वटा साँगितीक रियालिटी सोको उद्घाटन समेत गरिएको छ । दाताबाट सहयोग संकलन गरेर शिविर तथा अमेरिकामा रहेका नेपालीभाषीलाई सहयोग गर्दै आएको संस्थाले शरणार्थी शिविरमा अहिलेसम्मकै ठूलो र धेरै कलाकार भेला गरेर ऐतिहासिक कार्याक्रम गरेको कार्याक्रमका अध्यक्ष डिल्ली अधिकारीले बताउनु भयो । कार्याक्रममा शिविरमा रहेका ८० बर्ष माथिका जेष्ठ नागरिकलाई मासिक भत्ता दिँदै आएकोमा अब ७५ बर्ष उमेर देखि नै दिने बताइएको छ । कार्याक्रममा खानाको मेस देखि कार्याक्रम व्यवस्थापनमा ठूलो संख्यामा सुरक्षा गार्ड र स्वयम सेवक परिचालन गरिएको थियो । कार्याक्रममा अनाआवश्यक तडकभडक र खर्च धेरै गरिएको शरणार्थी शिविर व्यवस्थापनका अगुवाहरुले बताएका छन् । २ दिन अघि कार्याक्रमबारे गरिएको अन्तरकृयामा वेलडाँगीका सहायक शिविर सचीव टिबी राईले फाण्डेशनले कार्याक्रमबारे गलत काम गरेको भन्दै सार्वजनिकरुपमा आलोचना गर्नु भयो । उहाँले राम्रो काम गरे अझै पनि इन्ट्रालाई स्वागत र सम्मान गरिने बताउनु भयाे ।
यस्तै कार्याक्रमबीच शरणार्थी समस्या समाधानका पहल गर्न माग गर्दै स्वदेश फर्कन चाहाने भूटानी शरणार्थीहरुको समूहले मुख्य मन्त्री राई समक्ष ज्ञापन पत्र बुझाएका छन् । शरणार्थीको ३ दशक लामो समयको समस्या दिर्घकालीनरुपमा समाधान गर्न पहल गर्न पथरी शिविर सचीव चम्पा सिंह राई, बेलडाँगी सहायक सचिव टीबी राई, सहितको टीमले मुख्य मन्त्री राईलाई ज्ञापन पत्र बुझाएका छन् । यस्तै भूटान स्वतन्त्र जनमंचका महासचीव डीबी सुब्बा, राष्ट्रिय पूनर्मिलन केन्द्र भूटानका संयोजक कृष्णविर तामाङ लगायतले स्वदेश फर्काउन पहलको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । ३ दशक देखि पूर्वी नेपालमा बसोवास गर्दै आएका भूटानी शरणार्थीहरु सन् २००७ देखि तेस्रो मुलुक पूनर्वास गएर हाल ६ हजार हाराहारी रहेको शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय निकायले जानकारी दिएको छ ।