
१५ मंसीर २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ सय १६ संक्रमित थपिएका छन् । देशभर १२ हजार ७ सय २७ जनाको नमूना परीक्षण हुँदा ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ५९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय २९ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ६ हजार ९ सय ५४ रहेकाे छ ।
