
१६ मंसीर २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ सय १५ संक्रमित थपिएका छन् । देशभर ११ हजार ४ सय ३ जनाको नमूना परीक्षण हुँदा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय १ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ३५ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ७ हजार ४५ रहेकाे छ । खाेप कार्यक्रम शुरू भए यता १ कराेड ८६ लाख ८६ हजार ६ सय ४९ मात्रा खाेप लगाइसकिएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
