
२४ मंसीर २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ५९ संक्रमित थपिएका छन् । देशभर १० हजार ४ सय ८७ जनाको नमूना परीक्षण हुँदा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ३७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा ३ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ५२ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ९ सय ९७ मा झरेकाे छ ।
