
२६ मंसीर २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ५४ संक्रमित थपिएका छन् । देशभर ८ हजार ६ सय ८२ जनाको नमूना परीक्षण हुँदा २ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ३४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा १ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ५४ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ८ सय ९० मा रहेकाे छ । हालसम्म नेपालमा लगाइएकाे खाेपकाे मात्र २ कराेड नाघेकाे छ । जसमध्ये दुवै मात्रा लगाउने ९२ लाख र एक मात्रा लगाउने १ कराेड १३ लाख पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
