२७ मंसीर २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ सय ४१ संक्रमित थपिएका छन् । देशभर १३ हजार २ सय ३६ जनाको नमूना परीक्षण हुँदा ३ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय७६४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा ३ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ५७ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ८ सय २४ मा रहेकाे छ । हालसम्म नेपालमा लगाइएकाे खाेपकाे मात्र २ कराेड नाघेकाे छ । जसमध्ये दुवै मात्रा लगाउने ९३ लाख र एक मात्रा लगाउने १ कराेड १४ लाख पुगेकाे छ । अाजै मात्र १ लाख ८७ हजार ६ सय ८६ जनाले खाेप लगाएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *