
२८ मंसीर २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ६४ संक्रमित थपिएका छन् । देशभर १३ हजार ७ सय ९ जनाको नमूना परीक्षण हुँदा २ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ६२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ५९ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ६ सय ८९ मा रहेकाे छ ।
