बाढी पसेको बस्ती अझै अन्धकारमाः बाढी पीडितहरु भत्केको घर पाँल टाँगेर बस्न बाध्य

३ पौष २०७८/डिकेश लामा

वेमौषमी पानीका कारण आएको बाढीले विग्रिएको विधुत लाइन नबन्दा झण्डै २ महिना देखि टप्पु बस्ती अन्धकारमा रहेको छ । झापाको कन्काइ नदिको बाढीले गौरीगंज १ को टप्पु बस्तीमा विस्तार गरेको विधुत लाईन बगाए पछि हालसम्म सो बस्तीका मानिसहरु अन्धकारमा बस्न बाध्य हुनु परेको छ ।

गएको कार्तिक महिनाको पहिलो सातामा आएको वेमौषी बाढीका कारण सडक र विधुत बगाए पछि अझै पनि कतिपय स्थानमा विधुत सुचारु हुन सकेको छैन । विधुत विस्तार नभएकाले टप्पु बस्तीका मानिसहरु अन्धकारमा बस्न बाध्य हुनु परेको उनीहरुले बताएका छन् ।
नदिले सडकसँगै विजुलीको पोल समेत बगाए पछि समस्यामा परेकालाई अस्थायी तरिकाले भए पनि केही स्थान विधुत पुर्याउने कार्य भएको छ । तर बोल्ने र गर्ने कोही नभएकै कारण आदिबासी समूदायको बसोबास रहेको टप्पु बस्ती भने अहिलेसम्म अन्धकारमै बस्न बाध्या भएको स्थानीय अगुवाले बताएका छन् । स्थानीय अगुवा बुदराय हेमरमका अनुसार बसोवास क्षेत्रमा बाढी पसेर घरबारीसँगै धानखेत समेत बगाए पछि गरीखाने भाँडो नै सकिएको बताउनु भयो । सिंगो टप्पु बस्ती २२ घर परिवार यतिखेर अन्धकारमा बस्नु परेको छ । यस्तै बस्तीका घरहरु धेरैमा क्षति पुगेको त्यस्तै क्षतिग्रस्त घरमै बस्नु पर्ने बाध्यता रहेको बस्तीका बासिन्दाले बताएका छन् । घर पूर्णरुपमा क्षति भएकाहरु पाल टाँगेर चिसो भूइमा सुत्नु पर्ने बाध्यता रहेको बाढी पीडितले बताएका छन् ।
कन्काइ नदिमा आएको पछिल्लो वेमौषी बाढीले मात्र यस बर्ष ११ करोड ८० लाख बराबरको लगानीको बाँध बगाएको छ । अति जोखिम क्षेत्र टप्पु बस्ती क्षेत्रमा पहिलो चरणको बाँध निर्माणका लागि ठेक्का लागेको जनताको तटबन्ध कार्याक्रमका सव इन्जिनियर अशेस गौतम्ले बताउनु भयो । गौतमका अनुसार आवश्यक बजेट समयमै उपलव्ध नगराए बस्तीमा आगामी दिनमा बाढी पस्न सक्ने खतरा अझ बढ्न सक्ने खतरा रहेको बताउनु भयो ।

कन्काई नदिको बाढीले यस बर्ष गौरीगंज, झापा, शिवसताक्षीका लगायतका दर्जन बढी स्थानमा लगाइएको बाँध कटान भएको छ । बाँध फुटर बाढी बस्ती पसेको जोखिममा क्षेत्रमा समयमै बाँध निर्माण र अवरुद्ध विधुत संचालन गर्न बाढी पीडितहरुले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १८९ संक्रमित, २५० निकाेः २ जनाकाे मृत्यु
Next post भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप (कुन कुन जिल्लामा कहाँ र कहिले हेर्नुहाेस् तालिका सहित)