४ हजार हेक्टर धान खेत बगाए पछि बगरमै खेती (फाेटाे फिचर सहित)


६ पुस २०७८/डिकेश लामा

यस बर्षको वेमौषमी बाढीले धान खेत बगर बनाए पछि जिविकोपार्जन गर्ने अन्य उपाय नभएका किसानले बगरमै खेती गर्न थालेका छन् । पाक्न लागेको धान सहितको खेत बगर बने पछि उपायविहीन किसानले बगरमा गरिने खरभूजा, काँक्रा लगायतका खेती थालेका छन् । झापाको कन्काई नदिमा आएको यस बर्षको वेमौषमी बाढीले सयौं किसानको पाक्न लागेको धान खेत बगर बनेको छ । खेत बगर बने पछि जिविकोपार्जनका अन्य विकल्प नभएका किसानले हाल आएर बगरमै खेती गर्न थालेका छन् । झापाको २२ स्थानको बाँघ फुटाएर दर्जनौं बस्ती डुबानमा मात्र परेनन् । बाढी पसेर धान खेत नै बगर बनाए पछि गरिखाने कुनै उपाय नभएपछि बगरमा खेती गर्न थालेको टप्पु बस्तीका बासिन्दाले बताएका छन् ।

बाढीले गरिखाने खेत बगाएसँगै कतिपयको गरिखाने बाटो समेत हराएको छ । जिविकोपार्जनमा अन्यत्र उपाय नभएपछि बगरमा हुने तरकारीबालीको खेती थालिएको ९ विगाह जमिन बगाएर विचल्नीमा परेका गौरीगंज गाउँपालिका वडा नं. २ भाकुरमाडीका किसान हंसराज राजबंशीले बताउनु भयो । झापा जिल्लामा कन्काई, मावा, रतुवा, कमल, विरीङ्ग, मेची लगायतका नदि तथा खोलाले धेरै किसानको उठिबास लगाएको छ । यस बर्ष वेलैमा बाँध नबाँधे थप जोखिम बढ्न सक्ने जनताको तटबन्ध कार्याक्रमका इन्जिनियर प्रविन मण्डलले बताउनु भयो ।

झापा जिल्लामा पछिल्लो वेमौषमी बर्षामा आएको बाढीले ४ हजार हेक्टर क्षेत्रफल धान खेत बगरमा परिणत भएको जनताको तटबन्ध कार्यलयले जनाएको छ । सयौं किसानको गरिखाने खेतबारी नै बगाए पछि जिविकोपार्जनमा समस्या भएको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २९० संक्रमित, २३२ निकाेः ३ जनाकाे मृत्यु
Next post प्रदेश एक पालिका स्तरीय आजकाे खेलमा विर्तामोड, चुलाचुली र कमल विजयी