नेपालमा खाेप अभियान तिव्र एकै दिनमा झण्डै ३ लाखले लगाए खाेप

८ पाैष २०७८, काठमाण्डाैं– नेपालमा खाेप अभियानलाइ तीव्र पारिएकाे छ । नेपालमा अाज मात्रै २ लाख ८२ हजार ६ सय ४१ जनाले खाेप लगाएका छन् । हालसम्म २ कराेड २५ लाख १० हजार ८ स १८ मात्रा खाेप लगाइसकेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाेछ । पूर्ण मात्रा खाेप लगाउनेकाे संख्या १ लाख नजिक पुगेकाेछ ।

यसैगरी नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय ९३ संक्रमित थपिएका छन् । देशभर ११ हजार ६ सय २६ जनाको नमूना परीक्षण हुँदा २ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ६३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ८१ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार १ सय ६१ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रदेश एक पालिका स्तरीय दाेस्राे अध्यक्षा कपकाे खेलमा दमक, विर्तामोड र आमचोक विजयी
Next post शिव सताक्षीमा विकासको लहरः शिल्यान्यासले स्थानीयमा खुशी (फाेटाे फिचर सहित)