डाेटीमा ४ र भक्तपुरमा एक सहित आज ५ जनाकाे मृत्यु

 २१ मंसीर २०७७, डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा ४ जनाकाे मृत्यु  भएकाे छ । लकडाउन खुल्ला भएसँगै यातायत संचालन हुन थाले पछि दुर्घटना बढ्न थालेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् ।

उपचारका लागि दिपायलतर्फ ल्याउँदै गर्दा मृतक मन्जु त्रिपाठीका ३ बर्षिय छोरोको पनि मृत्यु भएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले जानकारी दिनुभयो । दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जिप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यसैगरी मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् ।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आज बिहान १२ः४५ बजे कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठोकिई पल्टिएको थियो ।

दुर्घटनामा कारमा सवार काठमाडौँ महानगरपालिका–४ धूम्रबराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको छ ।

चार जना सवार उक्त कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याइएको बताउनुभयो । घाइते श्रेष्ठको अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए ।

घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि–१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले बिहान नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

सोही कारमा सवार मध्यपुरथिमि–५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका–४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।

दुर्घटनापछि कारमा सवार ती तीन जना नै घाइते युवतीको अवस्था हेरेर मृत्यु भएको भन्दै छाडेर फरार भएका थिए ।

प्रहरीले खोजी गर्ने क्रममा बिहानै नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जनाइएको छ । दुर्घटनामा कार भने पूर्ण क्षति भएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल संक्रमण भन्दा निकाे हुने बढ्दै, संक्रमण दर समेत घट्दै
Next post आज १७५२ जना निकाे १०९६ जना संक्रमित