
२२ मंसीर २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै आज थप १ हजार १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार २ सय २० जनाको पीसीआर परीक्षणमा १ हजार १४ जनामा संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २७ हजार ४ सय ३३ जना छन् । नेपालमा निको हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको छ । याे संख्या २ दिन यता शून्य दशमलव २ प्रतिशत धेरै हाे ।
यसैगरी आज कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय १४ रहेको छ ।
