१८ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ सय १६ संक्रमित थपिएका छन् । देशभर ७ हजार ६ सय ३१ जनाको नमूना परीक्षण हुँदा २ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लाे २४ घण्टामा २ जनाले ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ९६ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ४ हजार ९ सय ७१ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *