कोरोना कहर पछि बृहत नमूना च्याउ खेतीः एउटै फार्मबाट दैनिक लाख भन्दा धेरै मुल्यको च्याऊ विक्री हुँदै


२० पौष २०७८/डिकेश लामा

लामो कोरोना कहरले ठूलो क्षति व्यहोर्न बाध्य च्याउ किसानले लामो समय पछि पुनः खेती शुरु गरेका छन् । जिल्लामा बृहत च्याउ खेती हुने क्षेत्र झापाको गौरादह नगरपालिकाका किसानले पुन ठूलो लगानीमा च्याऊ खेती थालेका हुन् । झापाको गौरादह नगरपालिका वडा नं. ४ मा जिल्लाकै नमूनाको रुपमा च्याउ खेती शुरु गरिएको छ । कोरोना कहरले थलिएर पुन विऊ, पराल र जनशक्तिमा मात्रै ५२ लाख रुपयाँ लगानी गरेर ठूलो क्षेत्रमा थालेको च्याउ खेतीबाट दिनमा २ हजार केजीसम्म च्याउ उत्पादन हुने खेती संचालक नलबहादुर खड्काले बताउनु भयो ।
खड्का अनुसार अहिले दैनिक ७ सय केजी च्याउ टिपाई हुँदै आएको र चाँडै २ हजार केजी एक दिनमा टिप्न सकिने बताउनु भयो । प्रति केजी १ सय १५ रुपयाँमा फार्मबाटै च्याउ विक्री हुँदै आएको छ । फार्ममा दैनिक २ लाख भन्दा धेरै मुल्यको च्याउ दैनिक टिप्न सकिने बताउनु भयो । तर धितो राख्ने जग्गा जमिन नहुँदा भाडामा खेती गर्ने किसानलाई समस्या भएको उहाँले गुनासो पोख्नु भयो । महँगो व्याजमा खेती गर्दा किसानलाई व्याज तिर्ने समस्या भएको छ ।

गाउँघरमै ठूलो च्याउ फार्म संचालन भए पछि स्थानीयले रोजगारी समेत पाएका छन् । च्याउमा दैनिक रोजगारी गर्न पाउँदा स्थानीय बासिन्दा खुशी बनेका छन् । च्याऊ खेतीमा किसानले खासगरी राती काम गर्नु पर्ने हुन्छ । राती नै टिपेर वेलैमा बजारमा पुर्याउनु पर्ने भएकाले राती र दिनको छुट्टाछुट्टै रोजगारी सृजना हुने खेतीमा लाग्नु भएका सीता खड्काले बताउनु भयो । खेतीमा दैनिक सिजनमा ४० जनासम्मले रोजगार पाउने गरेको बताउनु भयो । फार्ममा लगाएको ३१ हजार बल व्यवस्थापनमा १ हजार भन्दा धेरै कर्मचारी प्रयोग गरिएको खड्काले बताउनु भयो ।

लामो कोरोना कहरले थलिएको च्याउ फार्महरु पछिल्लो समय पुन संचालनमा आउन थालेका छन् । तर राज्यले कृषिमा दिने ऋण पाउन नसक्ने किसानलाई भने व्यवसायिक खेती गर्न समस्या किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३९३ संक्रमित, २६३ निकाेः३ जनाकाे मृत्यु
Next post किसानको नामबाट विपन्नलाइ लक्षित गरी कमला मदन माविमा अक्षयकोष स्थापना (फाेटाे फिचर सहित)