२१ पाैष २०७८, काठमाण्डाैं– नेपालमा केही दिन यता काेराेना संक्रमितकाे संख्या बढ्न थालेकाे छ । गत २४ घण्टामा कोरोना भाइरसका ४ सय ३५ संक्रमित थपिएका छन् । देशभर १० हजार २ सय ६७ जनाको नमूना परीक्षण हुँदा ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ३८ जना संक्रमण मुक्त भएका छन् । पछिल्लाे २४ घण्टामा काेराेनाका कारण कसैले पनि ज्यान गुमाउनु नपरेकाे मन्त्रालयले उल्लेख्य गरेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार २ सय २५ जना रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *