
२२ पाैष २०७८, काठमाण्डाैं– नेपालमा केही दिन यता काेराेना संक्रमितकाे संख्या बढ्न थालेकाे छ । गत २४ घण्टामा कोरोना भाइरसका ५ सय ४० संक्रमित थपिएका छन् । देशभर १२ हजार ९९ जनाको नमूना परीक्षण हुँदा ५ सय ४० जनामा संक्रमण पुष्टि भएको हो । याे संख्या हिजाे भन्दा १ सय ५ धेरै हाे । ३ दिन यता दैनिक संक्रमितकाे संख्या बढ्नेक्रम रहेकाे छ । सोही अवधिमा २ सय ७१ जना संक्रमण मुक्त भएका छन् । पछिल्लाे २४ घण्टामा काेराेनाका १ जनाले ज्यान गुमाएका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ४ सय ३१ जना रहेकाे छ ।
