माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने काेभिड संकट व्यवस्थापन समितिकाे निर्णय

२५ पाैष २०७८, काठमाडौं– कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले हिउँदे बिदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो । अभिभावकहरुलाई पनि बालबालिकालाई विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको उहाँको भनाइ छ ।

पछिल्लो साता कोरोना संक्रमण पुनः तीब्र भएपछि सीसीएमसीले रोकथामको पूर्वतयारी सुरु गरेको हो । बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको गरेको छ ।

‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’ बैठकको निर्णयमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ४ दिन यता नेपालमा संक्रमितकाे संख्या बढ्दैः आज ११७६ जना थपिए
Next post केही दिन यता नेपालमा लगातार संक्रमित संख्या बढ्दैः आज १४४६ जना थपिए