नेपालमा संक्रमितकाे संख्या दिनहुँ उकालाे लाग्दैः आज २४४४ जना थपिए

२७ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ हजार ४ सय ४४ संक्रमित थपिएका छन् । याे संख्या हिजाे भन्दा १ हजार धेरै हाे । संक्रमितकाे संख्या केहि दिन यता निरन्तर उकालाे लाग्न थालेकाे छ । देशभर १५ हजार ३३ जनाको नमूना परीक्षण हुँदा २ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । विगत ६ दिन देखि संक्रमितकाे संख्या बढ्न थालेकाे हाे । सोही अवधिमा ३ सय १३ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ९ हजार ५ सय २२ पुगेकाे छ ।
यसैगरी आज १ जनाकाे मृत्यु भएकाे छ । नेपालमा हालसम्म नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय ७ जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काेराेना बढ्न थालेपछि दमक प्रतिष्ठानकाे कार्यक्रम राेकियाे
Next post दमक रवि चिसापानी सडकको पहिलो खण्ड अलपत्र हुँदा सास्ती(फाेटाे फिचर सहित)