नेपालमा आज एकैदिन ३५५३ जनामा संक्रमण, २७१ निकाे

२९ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ हजार ५ सय ५३ संक्रमित थपिएका छन् । संक्रमितकाे संख्या केहि दिन यता निरन्तर उकालाे लाग्न थालेकाे छ । देशभर १५ हजार ८१ जनाको नमूना परीक्षण हुँदा ३ हजार ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो । विगत एक साता देखि संक्रमितकाे संख्या बढ्न थालेकाे हाे । सोही अवधिमा २ सय ७१ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या ११ हजार ६ सय ९० पुगेकाे छ ।
यसैगरी आज १ जनाकाे मृत्यु भएकाे छ । नेपालमा हालसम्म नेपालमा मृत्यु हुनेकाे संख्या १४ हजार ३ सय ४० जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज एकैदिन ३०७५ जनामा संक्रमण, २७८ निकाे
Next post सम्पादक लामा सहित कृषि क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान (फाेटाे फिचर सहित)