
३० पाैष २०७८, काठमाण्डाैं– नेपालमा तेस्राे लहर शुरू भए यता गत २४ घण्टामा कोरोना भाइरसका ५ हजार ८७ जना संक्रमित थपिएका छन् । संक्रमितकाे संख्या केहि दिन यता निरन्तर उकालाे लाग्न थालेकाे छ । याे संख्या हिजाे भन्दा अधिक बढेकाे हाे । देशभर २० हजार ५ सय ६० जनाको नमूना परीक्षण हुँदा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो । विगत ९ दिन देखि संक्रमितकाे संख्या बढ्न थालेकाे हाे । सोही अवधिमा ३ सय ६ जना संक्रमण मुक्त भएका छन् । केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पछि सक्रीय संक्रमितकाे संख्या समेत बढेकाे छ । हाल सक्रीय संक्रमितहरूकाे संख्या १८ हजार २ सय ३५ पुगेकाे छ ।
यसैगरी आज ३ जनाकाे मृत्यु भएकाे छ । नेपालमा हालसम्म नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ६ सय १३ जना पुगेकाे छ ।
