मानव अधिकार रक्षा गर्न भूटानी शरणार्थीको राष्ट्र संघलाई अपील

 

DCIM100MEDIADJI_0729.JPG

तत्काल स्वदेश फिर्ती गराउन माग

२६ मंसीर २०७७, झापा

३ दशक अघि भूटानबाट लखिटेएिका भूटानी शरणार्थीहरुले स्वदेश फिर्ती हुन पाउने अधिकारबाट बन्चित गरेको भन्दै सँयुक्त राष्ट्र संघको ध्यानकर्षण गरेको छ । विश्व मानव अधिकार दिवशको अवसर पारेर आज एक प्रेश रिलिज जारी गर्दै भूटान राष्ट्रिय पूनर्मिलन समितिले भूटानीहरुको स्वदेश फिर्ती अधिकार ग्यारेन्टी गर्न माग गरेका छन् । समितिले विश्व व्यापी मानव अधिकारको घोषणा पत्रमा उल्लेखित मानवले घर फर्कन पाउने अधिकार सुनिश्चित गर्न पटक पटक माग गर्दा समेत स्वदेश फर्कन चाहाने भूटानीको अधिकार कुण्ठित गरिएको बताइएको छ । रिलिजमा शरणाार्थीकाे स्वदेश फिर्ती अधिकारकाे सम्मान गर्न माग समेत गरिएकाे छ ।

समितिका अध्यक्ष कृष्णविर तामाङले सँयुक्त राष्ट्र संघको मुख्य कार्यालय जेनेभा र नेपालमा शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकाय (यूएनएकसीआर)लाई अपील पत्र बुझाएको छ । पछिल्लो समय गरेको गणना अनुसार हाल शरणार्थी शिविरमा रहेका ६ हजार हाराहारीका शरणार्थी मध्ये १ हजार भन्दा धेरैले अझै पनि स्वदेश फर्कने आशामा बसेको समितिले दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा २ लाख २९ हजारले जिते काेराेना
Next post नेपालमा समयमै निःशुल्क खोप उपलब्ध गराउन उच्च स्तरीय छलफल