नमूना बस्तीमा बहुउदेश्य खेल भवन बनाउन भूमि पूजा

३ माघ २०७८/डिकेश लामा
झापाको दमक वडा नं. ७ नमूना बस्तीको विकासमा बहुउदेश्यमुखी खेल भवन निर्माणका लागि भूमि पूजा गरिएको छ । १ करोड ६८ लाखमा प्रदेश, स्थानीय र दाताहरुको सहयोगमा निर्माण गरिने भवन व्याट मिन्टन र भलिवल खेललाई लक्षित गरी निर्माण गरिने दमक नगरपालिकाका इन्जिनियर अनन्तप्रसाद सेनेहाङ्गले बताउनु भयो । आज एक औपचारिक कार्याक्रम गरी भवन निर्माणका लागि सहयोग संकलन समेत शुरु गरिएको छ । आज पहिलो दिन उक्त भवन निर्माण समितिका अध्यक्ष टंक बस्नेतले १ लाख १ हजार १ रुपयाँ, भूतपूर्व भारतीय सेना किराती समूदायका अगुवा धनजित राई ५१ हजार ५ सय ५५ रुपयाँ, शसस्त्र प्रहरी वरिष्ठ उपरिक्षक भरतबाबु ५१ हजार, वडा नं. ७ का वडा सदस्य श्याम कार्की ५० हजार, व्यवसायी तथा दमक उद्योग बाणिज्य संघका उपाध्यक्ष राजकुमार योङ्याले ५१ हजार भवन निर्माण सहयोगार्थ उपलव्ध गराउने कार्याक्रममा प्रतिवद्धता जनाएकाे दमकका अगुवा व्याटमिन्टन खेलाडी तथा भवन निर्माण समितिका पदाधिकारी प्रकाश राइले बताउनु भयाे ।

खेल भवनका लागि आजै सामाजिक अगुवा र पूर्व खेलाडीहरुले ५० हजार देखि एक लाख रुपयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ३ वटा खेल एक साथ खेल्न मिल्ने गरी बनाइने भवनले सुकुम्बासीहरुलाई राखिएको दमक नमूना वस्तीको विकासमा समेत टेवा पुग्ने सो वडाका वडा सदस्य श्याम कार्कीले बताउनु भयो । खेल भवनका लागि प्रदेश र स्थानीय सरकारको सहयोग समेत लिएर ४ महिना भित्र सक्ने गरी काम गरिने दमक नगर व्याटमिन्टन खेल समितिकी अध्यक्ष दिलु लिम्बुले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पत्रकार महासंघ झापा लगायत सामाजिक सेवामा सहयोग (फाेटाे फिचर सहित)
Next post नेपालमा आज एकै दिन १०२५८ नयाँ संक्रमित थपिएः १ जनाकाे मृत्यु