
२८ मंसीर २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ५ सय जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै आज थप ८ सय ३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार १ सय ८१ जनाको पीसीआर परीक्षणमा ८ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३५ हजार ७ सय ३१ जना छन् । नेपालमा निको हुने दर ९४ दशमलव ९ प्रतिशत रहेको छ । याे संख्या दैनिक बढ्दाेक्रममा रहेकाे छ ।
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ रहेको छ ।
