१७ माघ २०७८,झापा– विद्यार्थी राजनीतिबाट नेकपा माओवादी केन्द्र दमकको अध्यक्षमा निर्वाचित हुनु भएका ३२ वर्षीया रवि बस्नेत यतिबेला पार्टीलाइ शुद्धिकरणसँगै मजबुत बनाउन लागिपर्नु भएकाे छ । विद्यार्थी राजनीतिमा सांगठनिक कुसलता देखाएका बस्नेतलाई पार्टीको ‘चाम’ फर्काउने चुनौती रहेकाे भन्दै वर्गीय धरातल बिर्सिएको पार्टीलाई पुनः पुरानै अवस्थामा फर्काउन लागि परेको उहाँले बताउनु भयाे ।

केही दिनअघि मात्र नगर किमिटीको बैठकबाट एक वर्षे कार्ययोजना पास गरेका बस्नेत सहितकाे टीम योजना कार्यन्वयनमा जुटेका छन् । कार्ययोजना कार्यन्वयन स्वरूप सोमबारबाट नेकपा माओवादी केन्द्रले वडामा बैठक सुरु गरेको छ । सोमबार दमक–१ र २ नम्बर वडा कमिटीको बैठक सम्पन्न भएकाे छ । अब लगातार पाँच दिनमा १० वटै वडामा बैठक गरेर कार्ययोजना कार्यन्वयनमा अघि बढ्ने याेजना रहेकाे अध्यक्ष बस्नेतले बताउनु भयाे । दमकले युवा नेतृत्व पाएपछि धेरै पार्टी कार्यकर्ता र जनता खुसी भएको बताए । तर, आफूले पाएको जिम्मेवारीमा अवसरसँगै चुनौती पनि रहेको उहाँको भनाइ छ ।

‘अध्यक्ष भएपछि धेरैले आस गर्नुभएको छ । मलाई त्यो उहाँहरुको अपेक्षा पूरा गर्ने चुनौती पनि छ । केहीले युवाले नेतृत्व पायो काम गर्न ानसक्ने हो कि भनेर खबरदारी र आलोचना पनि गर्नुभएको छ । खबरदारी र आलोचनालाई पनि स्वीकार गर्दै विद्यार्थी राजनीतिको नेतृत्वदायी भूमिकामा रहँदा सिकेका कुरालाई पार्टी सुदृढिकरणको अभियानमा सदुपयोग गर्नेछ’, बस्नेतले भन्नु् भयाे ।

जहाँ समस्या त्यहाँ माओवादी भन्ने कार्ययाेजना पुरा गर्न सवैलाइ सक्रीय भएर काम गर्न र गराउँन अापफूहरू लागिपरेकाे नगर समितिले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *