
१८ माघ २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा ५ हजार ५ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६ सय ७४ जनामा गरिएको नमूना परीक्षणमा ५ हजर ५ सय ८३ जनामा संक्रमण पुष्ट भएको हो । २४ घण्टामा ८ हजार २ सय ६७ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ७४ हजार ६ सय ५३ रहेको छ ।
