नेपालमा आज १५७० संक्रमित, ६१४६ निकाेः १३ जनाकाे मृत्यु

२४ माघ २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ६५ जनामा गरिएको नमूना परीक्षणमा १ हजर ५ सय ७० जनामा संक्रमण पुष्ट भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा ६ हजार १ सय ४६ जन संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ८ सय २७ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा विभिन्न पालिकामा बनाइएका कृषि बजारले सहजता (फाेटाे फिचर सहित)
Next post झापामा इलाका प्रशासन कार्यालयको पहिलो पटक ३ दशक पछि दमकमा आफ्नै भवनबाट सेवा सुचारु (फाेटाे फिचर सहित)