
३ फाल्गुन २०७८,काठमाडौं– नेपालमा पछिल्लाे समय नयाँ संक्रमित हुनेकाे संख्या घट्न थालेकाे छ । गत २४ घण्टामा ६ सय ८० जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९५ जनामा गरिएको नमूना परीक्षणमा ६ सय ८० जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा १ हजार ८ सय ३५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा २ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय २ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ४ सय जनामा झरेकाे छ ।
