८ फाल्गुन २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा २ सय ६२ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ सय १५ जनामा गरिएको नमूना परीक्षणमा २ सय ६२ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा १ हजार ३ सय ३८ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय २१ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४४ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *