यान्त्रिकरणले सुपारी खेतीमा आकार्षण बढ्दैः यस बर्ष ८० लाख अनुदानकाे कार्यक्रम

८ फाल्गुण २०७८/डिकेश लामा

नेपालको ८० प्रतिशत खेती हुने सुपारीको झापामा जोन संचालन भए पछि किसानहरु खेतीमा थप आकार्षित बन्दै गएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपारीजोन कार्याक्रम संचालनले खेतीमा सिंचाई, गोधामघर देखि प्रशोधन समेतमा अनुदान दिन थाले पछि किसानहरु खेतीमा आकार्षित हुँदै गएका हुन् । झापाका किसानहरु सुपारी जोन कार्याक्रमले अनुदान सहयोग दिन थाले पछि खेतीमा थप उत्साहित बन्दै गएका छन् । यस अघि सिंचाई, गोदामघरमा अनुदान दिँदै आएको कार्याक्रमले यस बर्ष प्रशोधन र टपरी निर्माणमा अनुदान उपलव्ध गराएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपारी जोनका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार यस बर्ष पनि ८० लाख रुपयाँ बजेट सुपारी जोन कार्याक्रम मार्फत विनियोजन गरिएको छ । दुई वटा दुना टपरी र प्रशोधनका लागि मेशिनरी खरिद तथा संचालनका लागि भवन निर्माणमा अनुदान उपलव्ध गराइएको बताउनु भयो ।

सुपारी सम्बन्धी विज्ञ कृषि प्राविधिकको अभाव रहेकाले विभिन्न तालिम र पशिक्षण समेत दिँदै आइएको छ । ४ बर्ष देखि संचालन भएको सुपारीजोन कार्याक्रमले धेरै सहयोग गरेकाले खेती थप विस्तार गर्दै लगेको किसानले बताएका छन् । सुपारी खेती विस्तारसँगै पछिल्लो समय काँचो सुपारीको मुल्य समेत बढ्दै गएको छ । ३ बर्ष अघि २५ देखि ३० रुपयाँ प्रतिकेजी विक्री हुने काँचो सुपारीको मुल्य पछिल्लो समय ५० देखि ७० सम्म पुगेको लामो समय देखि अर्जुनधारा नगरपालिका क्षेत्रमा सुपारीको व्यवसाय गर्दै आउनु भएका व्यवसायी रघुनाथ गुप्ताले बताउनु भयो ।

default

अनुदान पाउन थाले पछि किसानहरु सुपारी खेतीमा उत्साहित भएका छन् । जिल्लामा केही बर्ष देखि मेशिनको प्रयोग गर्दै आएको श्री कृष्ण सुपारी सहकारी संस्थाले यस बर्ष थप २० लाख रुपयाँ अनुदान पाउने भए पछि मेशिन थप्ने योजना लागेको संस्थाका सचीव खिवनाथ गौतम्ले बताउनु भयो । गौतम्का अनुसार जोनबाट २० लाख र सहकारीबाट १२ लाख ५० हजार गरी ३२ लाख ५० हजारमा ३ प्रकारका मेशिन र मेशिन राख्ने घर बनाउने काम धमाधम भईरहेको बताउनु भयो ।

सुपारी जोन कार्याक्रमले पूर्वी नेपालमा बर्षेनी सुपारी खेती विस्तार हुँदै गएको छ । तर अझै पनि वैधानिक तरिकाले तेस्रो मुलुक सुपारी निर्यात हुन नसक्दा बजारीकरणमा भने समस्या रहेको व्यवसायीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चुनाव चिन्हकाे माग गर्दै एम. एन. ओ. ले निर्वाचन कार्यालयमा बुझायो ज्ञापनपत्र
Next post नेपालमा काेराेना संक्रमण दर घट्दाेः आज ३८८ संक्रमित