१० बर्षमा पनि बनेन पुलः पुल नबन्दा खोला तरेको कर असुल्दै झापा गाऊँपालिका

नागरिक सोध्छन्ः खोला तरेको कर कहिलेसम्म?

९ फाल्गुन २०७८/डिकेश लामा

संघीयता कार्यान्वयनमा आए पनि ग्रामिण क्षेत्रका नागरिकले भने अझै पनि महशुष गर्न पाएका छैनन् । समयमा पक्की पुल नबने पछि स्थानीय सरकारले नै मानिसहरुलाई सहयोग गर्नुको सट्टा ठेक्का मार्फत खोला तरेको कर असुल गर्दै आएका छन् । झापाको विरीङ्ग खोलाको पुल बन्न थालेको १० बर्ष भईसक्यो । तर अहिलेसम्म पुल बनेको छैन । पुल नहुँदा समस्यामा परेका यात्रुलाई स्थानीय सरकरले खोला तर्न सहयोग गर्नुको सट्टा उल्टो कर असुल गर्दै आएको स्थानीय बासिन्दाले गुनासो पोख्दै आएका छन् । गौरीगंज गाउँपालिका वडा नं. १ का गजेन्द्र लिम्बुका अनुसार स्थानीय तहले नै ठेक्का लगाए पछि पुल बनाउनेले पैसा उठाउने गरेका छन् । बाँसको अस्थायी पुलमा हिड्दा हरेक मानिसले पैसा तिर्नु पर्छ ।
झापा गाऊँपालिकाले यस बर्ष खोलामा तरे वापत कर स्वरुप ७० हजारमा ठेक्का लगाएको छ । गाऊँपालिकाले ठेक्का लगाए पछि आफूहरुले बाध्य भएर पैसा उठाएको ठेक्केदार अब्दुला अकस्मियाले बताउनु भयो । मियाँका अनुसार मानिसको २० देखि साइकल, साइकल मानिस, बाईक, बाईक मानिसको गरी १ सय रुपयाँसम्म ठेक्का बापत कर तिर्नु परेको छ । उहाँका अनुसार यस पटक वेमौषमी बाढीले बनाएको पुल बगाए पछि १ लाख भन्दा धेरै घाटा लाग्ने छ ।

यस्तै हुलाकी सडकमा पर्ने कन्काई नदि र विरीङ खोलाको पुल नबन्दा यी दुवै स्थानमा खोला तरे बापत पैसा असुल गर्दै आइएको छ । खुल्ला टेन्डरबाट बर्षेनी ठेक्का लाउँदै आएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह स्यवम्ले बताउनु भएको छ । अध्यक्ष शाहका अनुसार ठेक्काको रकम आफूलाई थाहा नभए पनि खुल्ला प्रतिस्पर्धाबाट ठेक्का लगाउने गरेको बताउनु भयो । उहाँले आफूहरुले डुङ्गा चलाए वापत ठेक्का लगाएको बाँसको पुलका लागि नभएको बताउनु भयो । तर यता ठेकेदारले भने खोलामा डुङगा चल्न नसक्ने तर मानिस तथा सानातिना यातायत संचालनका लागि आफ्नै खर्चमा बाँसको अस्थायी पुल बनाई ठेक्काकै आधारमा रकम असुल्ने गरेको बताएका छन् ।

खोलामा डुङ्गामा होस् या बाँसको अस्थायी पुलमा, दुवैबाट खोला तरे वापत अनिवार्य पैसा लिने गरिएको छ । प्रति व्यक्ति, साईकल, मोटर साईकल गरी २० देखि १ सय रुपयाँसम्म अनिवार्य तिर्नु पर्ने भएकाले यो कार्यलाई रोक्नु पर्ने स्थानीयले माग गर्दै आएका छन् । संघीयता आए पछि नागरिकलाई सहज होला भन्ने आशा पुल नबन्दा पैसा तिर्नु पर्ने अवस्थाले देशमा खासै परिपर्वन नआएको स्थानीयले दुखेसो पोखेका छन् ।


हुलाकी पुल बनिसक्न लाग्दा झापाको मुख्य कन्काइ र विरीङ खोलामा पुल नबेकाले सडक बनेको मतलव नै नहुने अवस्था रहेको २८ लाख देखि हुलाकी सडक खण्डमा बस्दै आउनु भएका ७३ बर्षीय रामप्रसाद प्रसाईंले बताउनु भयो । पुल चाँडै नबन्ने अवस्था रहेको उहाँले बताउनु भयो । हुलाकी सडककाे १३ नम्बर व्लक अथार्त कन्काइ नदि देखि रतुवासम्मकाे १६ किलाेमिटर बाटाे कालाे पत्रे भइसकेकाे निमार्ण कम्पनि माेतिदानका निर्देशक विकास गाैतमले बताउनु भयाे । सडक ताेकिएकाे म्याद भन्दा चाँडै सक्दा समेत पुल भने निर्माण थालेकाे दशक वितिसक्दा समेत पुल भने बनेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा काेराेना संक्रमण दर घट्दाेः आज ३८८ संक्रमित
Next post शरणार्थी शिविरका बालबालिकालाई व्याग वितरण