धान खेत मासेर मरिच खेतीमा बुद्धशान्तिका किसानको आकार्षण (फाेटाे फिचर सहित)

११ फाल्गुन २०७८/बालदिवश तामाङ

झापाको पूर्व उत्तर चुरे आसपास क्षेत्रका किसानले धान खेत मासेर नगदे बालीरुमा मरिच खेतीलाई जोड दिएका छन् । मरिच खेतीबाट अन्य बाली भन्दा राम्रो आम्दानी हुन थाले पछि किसानले बर्षेनी खेती विस्तार समेत बढाउँदै लगेका छन् । नेपालकै धेरै धान खेती हुने भनेर चिनिएको झापा जिल्लामा पछिल्लो समय किसानले नगदे बालीलाई जोड दिन थालेका छन् । धान भन्दा अन्य बालीबाट राम्रो आम्दानी हुन थाले पछि धानखेत मासेर किसानले नगदे बालीलाई जोड दिन थालेको बुद्धशान्ति गाउँपालिका वडा नं. १ का नरेशकुमार पौडेलले बताउनु भयो । पौडेलका अनुसार बुद्धशान्ति क्षेत्रमा ७५ प्रतिशत किसानले धानखेत मासेर नगदेवालीमा जोड दिन थालेका छन् ।

सुपारीको बोट हुर्कदैं गए पछि मरिच खेती पनि गर्न सकिने भएकाले बुद्ध शान्ति गाऊँपालिका क्षेत्रमा ७५ प्रतिशत भूभागमा सु्पारीसँगै बहुतले खेती थालिएको छ । धान भन्दा आम्दानी धेरै हुने भएकाले सुपारीसँगै अन्य खेती थालिएको श्रीकृष्ण सुपारी सहकारी संस्थाका अध्यक्ष विश्वनाथ ढकालले बताउनु भयो । ढकालका अनुसार १० बर्ष यता आएर मानिसले धान खेती छाड्दै लगेका छन् । धेरैले सुपारी र सुपारीसँगै मरिच लगायतका अन्य बाली लगाउन थालेका छन् ।

यस्तै अर्जुनधारा, मेचीनगर, बाह्रदशी लगायतका क्षेत्रमा अधिकमात्रमा गरिने सुपारी बगानमा पछिल्लो समय धेरै किसानले मरिच खेती विस्तार गर्न थालेका छन् । १० कठ्ठा क्षेत्रको सुपारी बगानमा मात्र बर्षमा ६ लाख रुपयाँसम्मको मरिच विक्री गर्न सफल भएको अर्जुनधारा नगरपालिका वडा नं. ९ का किसान दिनबन्धु पोखरेलले बताउनु भयो ।

प्रति केजी ६ सय देखि १ हजार रुपयाँसम्म विक्री हुने मरिच पछिल्लो समय झापामा विस्तार हुनेक्रम बढेर गएको छ । जिल्लामा १३ हेक्टरमा सुपारी बगान भित्रै गरिएको मरिच खेतीले सुपारीले भन्दा राम्रो आम्दानी दिन थाले पछि किसानको यस तर्फ थप आकार्षण बढ्दै गएको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३१२ संक्रमित,८९१ निकाेः २ जनाकाे मृत्यु
Next post नेपालमा आज ३१८ संक्रमित,५६२ निकाेः १ जनाकाे मृत्यु