दमकका प्रथम जाति धिमाललाई बंगुर वितरण

१२ फाल्गुण २०७८/सारासन्देश समाचार

झापाको दमकमा रहेका धिमाल जातिलाई आज एक कार्याक्रमबीच उन्नत जातको बंगुरको पाठा वितरण गरिएको छ । दमक नगरपालिका भित्र बसोबास गर्ने ३ वटा वडाको ५० घर परिवारलाई नगरपालिका प्रमुख रोमनाथ ओलीले बंगुरको बुच्चा र भूनी वितरण गर्नु भएको छ । नगरपालिकाले दमकको प्रथम नागरिक भनेर पहिलो नगरसभाबाट घोषणा गरिएको धिमाल जातिको विकासमा सहयोग पुर्याउन कार्याक्रम गरिएको नगरप्रमुख ओलीले बताउनु भयो ।

नगरपालिकाले ५ लाख रुपयाँ बजेटमा खरिद गरेको उन्न्नत बंगुर विपन्न परिवारमा वितरण गर्नाले उनीहरुको जिवनस्तर उकास्न सहयोग पुगेको भन्दै यो बर्ष दोहोर्याएर कार्याक्रम गरिएको प्रथप धिमाल जाति व्यवस्थापन समितिका संयोजक औपचारिक कार्याक्रमका अध्यक्ष लोकबहादुर धिमालले बताउनु भयो । धिमालका अनुसार गत बर्ष १७ परिवारलाई वितरण गरेको बंगुरले कसैले १ लाख १५ हजारसम्मको आर्थिक कारोवार गर्न सफल भएकाले यो कार्याक्रम धेरै राम्रो भएको बताउनु भयो । नगरपालिकाले अाफूहरूलाइ नगरकाे पहिलाे  जाति भनेर घाेषणा गर्नु र छुट्टै सम्मान दिनुले धिमाल जातिकाे उच्च सम्मान भएकाे बताउनु भयाे ।

गत बर्ष वितरण गरेको बंगुरले धेरै धिमाल जातिको जिवनस्तरमा सहयोग पुगेको भन्दै यस बर्ष पनि यो कार्याक्रमलाई निरन्तरता दिइएको नगरपालिकाको सामाजिक साखाका प्रमुख केशव प्रसाद प्रसाईंले बताउनु भयो । दमक नगरमा ८ हजार हाराहारी जनसंख्यामा धिमाल जातिको बसोबास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३१८ संक्रमित,५६२ निकाेः १ जनाकाे मृत्यु
Next post दमककाे १० औं नगरसभा शुरूः स्वास्थ्य देखि वातावरण संरक्षणमा जाेड दिन सुझाव