मल नपाउँदा झापाका किसान समस्यामाः धेरै खेती बाँझै

१६ फाल्गुण २०७८/बालदिवश तामाङ
मल नपाउँदा झापाका किसानहरु पछिल्लो समस्यामा परेका छन् । मकै गोड्ने र चैते धान रोप्ने वेलामा मलको अभावमा कतिपय जमिन बाँझै रहेको किसानले बताएका छन् । नेपालमा सवै भन्दा धेरै बार्षिक ढेड लाख मेट्रिक टन मकै उत्पादन हुने झापामा यस बर्ष मलको अभावले खेती नै प्रभावति बनेको छ । मकै गोडेर मल हाल्ने यो बेला माग अनुसारको मल नपाउँदा बाली विग्रने अवस्था आएको किसानले बताएका छन् ।

जिल्लामा धान पछि सवै भन्दा धेरै मकै खेती गरिन्छ । ४० हजार हेक्टर क्षेत्रफलमा खेती हुने मकैमा यो वेला धमाधम मल चाहिने वेलामा मल दिन नसक्दा किसानले गुनासो गर्दै आएको मल वितरणमा सहजीकरण गर्दै आएको सहकारी संस्थाका अगुवाहरुले बताएका छन् । मकै जोन समन्वय समितिका संयोजक खगेन्द्र सिलवालका अनुसार नेपालको सवैभन्दा धेरै मकै खेती हुने झापा गाउँपालिकामा यस बर्ष मलको अभावले आधा भूभाग मात्र खेती भएको बताउनु भयो ।

यस बर्ष खेती विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत चैते धान र मकैको व्लक कार्याक्रम समेत संचालन गरिएको छ । तर मलको अभावमा खेतीमा समस्या भएको र उत्पादनमा समेत ह्रास आउने कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनु भयो । मलको आवश्यकता उच्च रहेको यो वेला स्थानीय तहमा मलको डिपोहरुले मल उपलव्ध गराउन नसक्ने भए पछि बन्द रहेका छन् । मल आउनेक्रम केही समय लाग्ने भएकाले किसानलाई मलको समस्या तत्काल कम नहुने ४ वटा जिल्लामा मल वितरण गर्दै आएको कृषि सामाग्री केन्द्र झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १८० संक्रमित,४०० निकाेः १ जनाकाे मृत्यु
Next post नेपालमा आज १५८ संक्रमित,३५४ निकाेः २ जनाकाे मृत्यु