१९ फाल्गुन २०७८,काठमाडौं–  नेपालमा गत २४ घण्टामा १ सय ५ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय २४ जनामा गरिएको नमूना परीक्षणमा १ सय ५ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा  ३ सय  २० जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ४४ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १७ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *