६ पाैष २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा १ हजार ७९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४४ हजार ७ सय ४३ जना छन् । नेपालमा निको हुने दर ९६ दशमलव १ प्रतिशत रहेको छ । यस्तै आज थप ७ सय ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ३ सय ५१ जनाको पीसीआर परीक्षणमा ७ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ९५ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *