काेराेना संक्रमण दिनहुँ घट्दैःआज ८८ जना मात्र संक्रमित,३७६ निकाे, १ जनाकाे मृत्यु

२३ फाल्गुन २०७८,काठमाडौं–नेपालमा पछिल्लाे केही दिन यता काेराेना संक्रमण संख्या घट्दै गएकाे छ ।   गत २४ घण्टामा ८८ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ३८ जनामा गरिएको नमूना परीक्षणमा ८८ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा  ३ सय  ७६ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणका काराण १ जनाकाे ज्यान गएकाे छ । हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ४८ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५० जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापा गोल्ड कपमा सात दोवाटो सेमिफाइनलमा प्रवेश
Next post न्यू डायमण्डले जित्यो दमक कप राष्ट्रिय महिला प्रतियोगिता २०७८ (फाेटाे फिचर तथा ड्राेनबाट खिचेकाे भिडियाे सहित)