७ पाैष २०७७, काठमाडौं– देशमा लकडाउन खुकुलाे भएसँगै विभिन्न गतिविधिहरू बढ्न थालेका छन् । जसले गर्दा काेराेना भाइरस संक्रमण समेत बढ्दै गएकाेले सवैले सचेत तथा स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएकाे छ।  पछिल्लो समय स्वास्थ्य सावधानी अपनाउने क्रम घटेकोले संक्रमणको जोखिम पनि बढिरहेको विज्ञहरुले औंल्याएका छन् । दैनिक संक्रमण हुने संख्या घटेकाे देखिए पनि परिक्षण गर्नेकाे संख्या समेत घटेकाे छ । पछिल्लाे २४ घण्टामा सार्वजनिक भएको तथ्याङ्क अनुसार नेपालमा थप ७ सय ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने थप ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७९ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ । विकसित मुलुकमा खाेप लगाउन थालिए पनि नेपालमा भने खाेप अाउन समय लाग्ने भएकाले विश्व स्वास्थ्य संगठनले ताेकेकाे स्वास्थ्य मापदण्ड पुरा गर्न स्वास्थ्य मन्त्रालयले बारम्बार आग्रह गर्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *