रेडहर्स इलाम विजयीः सेमीफाइनलमा टेम्के धरानसँग भिड्ने (फाेटाे फिचर सहित)

२७ फाल्गुण २०७८/सारासन्देश समाचार
झापाको कमल गाउँपालिकामा जारी प्रदेश स्तरीय प्रथम अध्यक्ष फुटवल कपको आजको खेलमा रेडहर्स फुटवल क्लव इलाम विजयी बनेको छ । खेलमा चारतारे फुटवल क्लव मोरङ्गलाई १ को विरुद्ध २ गोलले हराउँदै रेडहर्स इलाम विजयी बनेको हो । चारतारे मोरङ्गले खेल शुरु भएको १ मिनेटमै जर्सी नम्बर ११ का आयुष लिम्बुले पहिलो गोल गरेका थिए । यस्तै रेडहर्स इलामको तर्फबाट पहिलो हाफको अन्तिम इन्जुरी समयमा जर्सी नम्बर १४ का युवराज राईले गोल गरेका थिए ।


यस्तै रेडहर्स इलामको तर्फबाट खेलको ५४ मिनेटमा जर्सी नम्बर ७ का मनिष थापाले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । यो सँगै इलामले अव धरानको टेम्केसँग सेमी फाइन भिड्ने पक्का भएको छ । भोलि बेलबारी फुटवल क्लव मोरङ्ग र धुलाबारी फुटवल क्लव झापाबीच पहिलो चरणको अन्तिम खेल हुने छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा झापा, मोरङ्ग, सुनसरी, इलाम, धनकुटा र झापाका ८ वटा टीमको सहभागिता रहेको छ । खेलमा विजयी टिमले २ लाख र उपविजेता टिमले १ लाख नगद सहित ट्रफी र मेडल प्राप्त गर्ने खेल संयोजक तेजकुमार राईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा अवैधरुपमा एक दर्जन बढी क्रसर उद्योग संचालनः लापार्वाही उत्खननले जोखिम बढ्दै (फाेटाे फिचर सहित)
Next post नेपालमा आज ७३ संक्रमित, १९२ निकाे