हुलाकी सडक खण्डको आधा दर्जन पुल धमाधम बन्दैः कन्काई र विरीङ्ग बाहेक अन्य पुल यसै बर्ष निर्माण सकिने (फाेटाे फिचर सहित)

विरीङ पुल निर्माधीन अवस्थामा

२ चैत्र २०७८/डिकेश लामा

झापाको हुलाकी सडक खण्डमा पर्ने लामो समय देखि अधुरा रहेका पुलहरु पछिल्लो समयमा आएर निर्माण हुन थालेका छन् । धेरै जसो सडक निर्माण कार्य सकिएकाले पुल बनाउनै पर्ने अवस्था आए पछि निर्माण नगरी अलपत्र छाडिएका पुलहरु धमाधम बन्न थालेका हुन् । झापा जिल्लामा पर्ने ४८ किलो मिटर हुलाकी सडक खण्डमा ढेड दर्जन हाराहारी पुलहरु रहेका छन् । ती मध्ये १ दर्जन बढी पुलहरु निर्माण भई संचालनमा पनि आइसकेका छन् भने निर्माण नसकी अलपत्र छाडिएका आधा दर्जन पुलहरु पछिल्लो समय निर्माण हुन थालेका छन् ।

कन्काइ पुल बन्दै

झापाको हुलाकी सडक खण्डमा मुख्य गरी कन्काई र विरीङ्ग पुल नबकाले सडक संचालनमा समेत समस्या रहेको छ । यस बाहेक गौरीगंज गाउँपालिका क्षेत्रमा पर्ने किष्णे, कमल, गौरा लगायतका पुल यसै हिउँदमा बनिसक्ने गरी धमाधम निर्माण भइरहेका छन् । गत बर्ष मात्र कुञ्जिबारी नजिक रहेको देउनिया पुल निर्माण भए पछि महाभारा र कुन्जिबारीबीचको यातायातमा धेरै सहज भएको छ । पुल समयमा नबनेकाले निर्माण सकिएको हुलाकी सडक समेत संचालनमा समस्या रहेको धेरै वटा पुल रहेको क्षेत्र गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो ।

किष्ने पुल

हुलाकी सडकका मुख्य कन्काई र विरीङ्गको पुल १० बर्ष अघि ठेक्का लागेको भए पनि अझै आधा पनि काम भएको छैन ।सडकको धेरै निर्माण सकिएकाले पुल धमाधम बनाउन थालिएको विरीङ्ग पुल निर्माणमा रेखेदेख गर्दै आएका इन्जिनियर राघव यादावले बताउनु भयो । यादावका अनुसार यस बर्ष अधिक कार्य सकिने र अर्को बर्षामा पुल माथिबाट हिड्न सक्ने गरी धमाधम काम थालिएको बताउनु भयो । उक्त पुल समेत निर्माण थालेको १० बर्ष वितेको छ । हुलाकी सडक खण्डमा पर्ने १८ वटा पुलहरु अधिक पुलहरु २०६२ सालमै ठेक्का लागेका छन् । तर अझै झापा खण्डमा ६ वटा पुल नबनेकाले झापाको पुरै खण्ड हुलाकी राजमार्ग संचालन हुन सकेको छैन । पुल निर्माण नहुँदा दक्षिणी झापाका बासिन्दाको बर्षौं देखिको सास्ती समेत हट्न नसकेको गौरीगंज वडा नं. १ चउरी बस्ती जेष्ठ नागरिक रामप्रसाद प्रसाईंले बताउनु भयो । बहुप्रतिक्षित हुलाकी सडकमा अलपत्र छाडिएका पुलहरु पछिल्लो समय निर्माण थालिएका छन् । पुल विना सडक संचालन नहुने भएकाले पुल निर्माण चाँडो गर्नु पर्ने स्थानीयले माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ८२ संक्रमित, २१३ निकाे
Next post टेम्के धरानले जित्यो प्रदेश स्तरीय प्रथम अध्यक्ष कप (फाेटाे फिचर सहित)